सिन्धुपाल्चोक । सांस्कृतिक जागरण नेपालको इन्द्रावती ५ मा रहेको जनसुधार आधारभुत विद्यालयका विद्यार्थिमा प्रशिक्षण कक्षा सम्पन्न भएको छ । विविध कार्यक्रम गर्दै आइरहेको सांस्कृतिक जागरण नेपालले आज प्रशिक्षण कक्षालाई प्रारम्भिक रुपमा अगाडि बढाएको हो ।
कोभिडलाइ मध्यनजर गर्दै सांस्कृतिक जागरण नेपालले आवश्यक सेनिटाइजर बाढ्दै विद्यार्थीमा दुरि कायम राखी प्रशिक्षण कार्यलाई अगाडि बढाएको छ । संस्कार , संस्कृति भनेको के हो र दिनानुदिन हत्या, हिंसा, बलात्कार , भ्रष्टाचार ,ब्यविचार जस्ता घटना के कारणले घटे त ? र एस्लाइ सकारात्मक दिशा तर्फ उन्मुख गराउन के गर्नु पर्छ भन्ने विषय प्रशिक्षणमा थियो । प्रशिक्षण गर्ने क्रममा संस्कारका अभावले दिनानुदिन हत्या,हिंसा, बलात्कार जस्ता घटना घटेका हुन र संस्कार र संस्कृतिको अलिकती पनि हेक्का आएको थ्यो भने नैतिक अनुशासन र इज्जतको डोरिले कसिन्थ्यो होला र एस्ता घटना पत्रपत्रिका टेलिभिजन र रेडियोमा सुन्न पर्थेन होला भन्दै प्रशिक्षक साहित्यकार जगन्नाथ आचार्यले विद्यार्थीलाई प्रशिक्षण गराउनु भयो । संस्कार एउटा जीवन शैली हो जीवन पद्धति हो जीवन जिउने कला हो र हामिले हाम्रो ब्यवहारिकतालाइ सु-संस्कार र सु-संस्कृत बनाउनु पर्छ भन्दै पं ज्योतिष जीवन न्यौपानेले प्रशिक्षण गराउनु भयो ।
जनसुधार आधारभुत विद्यालय सहित प्राध्यापक शंकरनाथ आचार्यलाई कोटिश: नमन गर्दै कोमल सिङ्गी लामा सहितको शिक्षकलाई आभार व्यक्त गर्दै आगामी कार्ययोजना बताउदै सांस्कृतिक जागरण नेपालका अभियान्ता विशाल आचार्यले कार्यक्रम विसर्जन गर्नुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया