शुशिल सुवेदी,सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले चाडपर्वलाइ लक्षित गरि बजार अनुगमनलाइ तिव्रता दिएको छ । चाडपर्बहरु नजिकिँदा अरू समयमा भन्दा खरिदबिक्री बढी हुने हुनाले बजारमा उपभोक्ता ठगिने, कम गुणस्तर भएका सामान बेच्ने, अखाद्य बस्तु बेच्नेजस्ता गतिविधि हुन नदिन नगरपालीकाले बजार अनुगमन गरेको मेलम्ची नगरपालीका वडा नम्बर १२ का वडा अध्यक्ष एव्म बजार अनुगमन समितिका संयोजक राम बहादुर लामाले जानकारी दिनुभयो ।
अनुगमनको क्रममा अखाद्य बस्तु, कम गुणस्तर भएका सामान पाइएमा आवश्यक कारबाही गर्नका लागि र बजार मुल्यमा एक रुपता ल्याउनका लागि अनुगमन भइरहेका लामाले बताउनुभयो । बजारमा एकै किसिमको मुल्य लागुहोस् भन्नका लागि नगरपालीकाले ब्यबसायी सँग छलफल गरि प्रत्येक खाद्यान्न पसलमा मुल्यसुचि अनिवार्य गराएको नगरपालिकाका राजस्व शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो ।
उपभोक्ताको हितका लागि बजार अनुगमन सधैंभरि आवश्यक रहेको र गरिरहने मेलम्ची नगरपालिका उपभोक्ता हित संरक्षण मञ्चका संयोजक सालिकराम अधिकारीले बताउनुभयो । चाडपर्वको समयमा बजारमा किनमेल धेरै हुनाले अनुगमन थालिएको अधिकारीको भनाइ छ । अनुगमनका क्रममा मेलम्ची नगरपालिका वडा नम्बर १र२ भोटेचौरका खाद्यान्न पसलहरुबाट मिति गुज्रेका पेय पर्दाथहरु बरामत नष्ट गरिएको छ । वडा नम्बर १का वडा अध्यक्ष कृष्ण प्रसाद चौलागाइ, अनुगमन समितिका संयोजक राम बहादुर लामा, राजस्व शाखाका प्रमुख राजेन्द्र दुलाल,पत्रकार ,सुरक्षाकर्मि, मेलम्ची नगरपालिका उपभोक्ता हित संरक्षण मञ्च मेलम्चीका संयोजक सालिकराम अधिकारी र स्थानिय मिलेर ३ वटा पसलका करिब ३५ सय बराबरको पेय पदार्थ नष्ट गरिएको अनुगमन समितिले बताएको छ ।
मेलम्ची नगरपालिकाले वर्षभरि नै अनुगमनको काम गरिरहे पनि चाडपर्वलाई लक्षित गरेर अनुगमन बढाएको जनाएको छ । अरू समयभन्दा चाडपर्वमा बजारमा उपभोक्ता धेरै हुने र किनमेल बढी हुने भएकाले त्यसै अनुसार अगुगमन गरिरहेको संयोजक लामाको भनाइ छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया