नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप २ हजार ७ सय २२ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् । काठमाडौंमा १ हजार २ सय ८०, भक्तपुरमा १ सय ९६ र ललितपुरमा १ सय २६ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय ५० पुगेको छ । आज काठमाडौं उपत्यका सहित देशभरी अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्युभएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच सय २० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । पीसीआर विधिबाट थप १४ हजार ७ सय ३९ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४ हजार ८८५ जना रहेका छन् भने आइसोलेसनमा २१ हजार २ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।
शुक्रबार थप ३ हजार ३ सय ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा २ सय १० र भेन्टिलेटरमा २९ जनाको उपचार भइरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया