काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरसको संक्रमण भएको छ ।राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ ।
उनीहरुको शुक्रबार स्वाब गरिएको थियो । सचिवालयका हामी चार जनाको पोजेटिभ आएको छ’ प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीको यस पटक परीक्षण गरिएको थिएन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया