टोकियो । गुल्मी जिल्लाबाट जापान आइ विभिन्न पेशा,तथा ब्यवसायीहरू आवद्द गुल्मेलीहरूको संस्था गुल्मेली समाज जापानको चौथो अधिवेशन यही अक्टूबर १८ आइतबार हुने भएको छ । कोरोना लगाएत विभिन्न कारणले रोकिएको अधिवेशन यस पटक निर्धारित मितीमैं गर्ने समाजका प्रचारप्रसार संयोजक रामप्रसाद ढकालले जानकारी दिनुभयो ।
सेप्टेम्बर महीनाको ८ तारिक बसेको बैठकले बर्तमान कार्यसमितिनै आयोजक भई अधिवेशन प्रचार-प्रसार समिति ,विधान संशोधन समिति ,आर्थिक समिति र हल ब्यबस्थापन तयारी समिति बनाएको जानकारी सचिब सुमन अर्यालले दिनुभयो । लामो समयदेखी जापानमा रहनु भएका र गुल्मेली समाजको कार्यकाल सम्हालनु भएका समाजका अध्यक्ष सालिकराम भण्डारीका अनुसार सिनओकुबो स्थित सोलमारी मुरा हलमा अधिवेशन गरिने निर्णय भएको छ । उक्त अक्टूबर १८ तारिखको दिन १२:३० बजे देखी अधिबेसन गरिने हुनाले समय मिलाउनको लागि अनुरोध गर्नु भएको छ ।
संस्थाका अध्यक्ष भण्डारीका अनुसार अधिवेशनबाट आफूले अब बन्ने नया कार्यसमितिलाई संस्थाको नेतृत्व हस्तान्तरण गर्ने जानकारी दिनु भयो । अधिवेशनमा सम्पूर्ण जापानबासी गुल्मेलीहरूलाई सहभागी भैईदिनु हुनका लागी समाजले अपील गरेको छ ।
अधिवेशन हुने स्थान
मिति : २०२०-१०-१८
समय : दिनको १२:३० बजे
स्थान : सोलमरी मुरा हल,शिन-ओकूबो टोकियो
Tokyo To,Shinjuku-Ku Hyakunincho 2-20-23 2F,shin-okubu Station


फेसबुकबाट तपाइको प्रतिक्रिया