जापान । नेपालीहरुको महान चाड दशैँ,तिहार र छठ्को अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १० हजार हातमा योजना सार्वजनिक गरेको छ । दशैँ,तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्ने उद्येश्यले सिटीम मनी ट्रान्सफरले उक्त योजना सर्वजनिक गरेको हो ।
उक्त योजना २ महिनासम्म चल्ने सिटी मनी एक्सप्रेसले जानकारी दिएको छ । सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत २ महिनासम्म हरेक दिन १ जना विजेतालाई १० हजार रुपैयाँ उपहार प्रदान गरिने सिटी मनी एक्सप्रेसले जानकारी दिएको छ । कम्पनीका अनुसार यस “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा” अफर असोज १५ गते देखि मंसिर १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही उक्त उपहार योजनामा सहभागी हुन सक्नेछन् ।
उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने छ। उक्त योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु नहुने सिटी एक्सप्रेसले जनाएको छ ।
बिगत १४ वर्ष देखि सिटी एक्सप्रेसले रेमिटान्सले कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया, अष्ट्रेलिया, लगायत संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया