नेपालामा थप २४४० जनामा कोरोना संक्रमण, ११३३ जना डिस्चार्ज

 

1Shares
facebook sharing button
twitter sharing button
messenger sharing button

थप २४४० जनामा कोरोना संक्रमण, ११३३ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २४४० जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २३० जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १३,७८१ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४०३३ जना रहेका छन् ।

आइसोलेसनमा २३,५०७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । सोमबार थप ११३३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ६५,२०२ पुगेको छ । आइसियूमा २४४ र भेन्टिलेटरमा ४३ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया