चाडपर्व नजिकिएसंगै मेलम्ची नगर पालिकामा बजार अनुगमन तिव्र

सुशील सुवेदी, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर लामाको संयोजकत्वमा वडा नं. ११ स्थित मेलम्ची बजारमा आज बजार अनुगमन गरिएको छ ।

चाड पर्व नजिकिदै गर्दा अरु समयमा भन्दा खरिद बिक्रि बढी हुने हुनाले बजारमा उपभोक्ता ठगिने क्रम म्याद नाघेका सामान बेच्ने र अन्य ठगी जस्ता गतिविधि हुने भएकाले अनुगमनलाई निरन्तर्ता दिएको मेलम्ची नगर पालिका वडा नम्बर १२ का वडा अध्यक्ष एवम बजार अनुगमन समितिका संयोजक राम बहादुर लामाले जानकारी दिनुभयो । अनुगमनमा विभिन्न खाद्यान्न पसल र मासु पसल हरु अनुगमन गरिएको हो ।

अनुगमनमा केही खाद्यान्न पसलहरुमा म्याद नाघेका पिए पदार्थ कुर्मुरे चाउचाउ बिस्कुट लगाएत अन्य म्याद नाघेका सामानहरु भेटिएको छ । ति सामानहरुलाई पसलबाट हटाइ नस्ट गरिएको छ । साथै अनुगमन को क्रममा केही पसल हरु दर्ता नगरिएको नबिकरण नगरिएको पनि भेटिएको छ । ति पसललाई दर्ता गर्ने र नबिकरण नगरिएका पसलहरुलाई एकपटकको लागि कर नतिरेकालाई तिर्न र नबिकरण गर्न सम्झाई बुझाई गरेर छाडिएको नगर पालिकाका राजस्व शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो ।अनुगमनको क्रममा मेलम्ची बजारमा रहेका विभिन्न खाद्यान्न तथा मासु पसलमा मूल्य शुचि समेत राखिएको छ ।

अनुगमनमा मेलम्ची नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर लामा मेलम्ची नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रुद्र प्रशाद दुलाल , मेलम्ची नगर पालिकाका राजस्व शाखाका प्रमुख राजेन्द्र दुलाल ,बजार व्यबस्थापन समितीका अध्यक्ष टेकलाल श्रेष्ठ बजार व्यबस्थापन समितीका सदस्य तारा चन्द्र दुलाल कृष्ण दुलाल उद्योग बाणिज्य साथै नेपाल प्रहरी , सशत्र प्रहरी पत्रकार र विभिन्न स्थानिय लगायतकोको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया