सुशील सुवेदी, सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सिन्धुपाल्चोकको जिल्ला कमिटि टुङगिएको छ ।
अनेरास्ववियूको जिल्ला समिटीमा संयोजकमा मिलन लामा र सहसंयोजकमा हिरा चौलागाई तोकिएको छ । लामो समयको गृहकार्य पछि मंगलबार अनेरास्ववियूले आफ्ना ६१ जिल्ला सदस्यको नाम सहित जिल्ला समिति टुंगो लगाएको अनेरास्ववियूका जिल्ला संयोजक मिलन लामाले जानकारी दिनुभएको छ ।
अनेरास्ववियूले ७ जनाको कार्यालय सदस्य, २१ जनाको सचिवालय सदस्य सहित ६१ जनाको जिल्ला कमिटि टुङगाएको हो । अनेरास्ववियूले जिल्ला कमिटि सँगै प्रतिनिधि सभा र प्रदेश सभाका इन्चार्ज, सहइञ्चार्ज, संयोजक र सहसंयोजक समेत टुङगाइसकेको छ ।
पालिका र क्याम्पसहरु भने एक सातामा टुङगाउने तयारी रहेको अनेरास्ववियूका जिल्ला सह–संयोजक हिरा चौलागाइले बताउनुभएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया