नेपालमा थप ४,३६४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित ९८,६१७ पुघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन् ।

यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया