जापानमा कोरोना संक्रमित ९० हजार नजिक,९० प्रतिशत निको भएर डिस्चार्ज

टोकियो । जापानमा कोरोनाभाइरस संक्रमण कुल संख्या ९० हजार नजिक पुगेको छ । आज अक्टोबर ८ तारिख बिहिबार टोकियोमा २४८ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।
यो संगै अहिलेसम्म टोकियोमा २७,११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा संक्रमित मध्ये ४१७ जनाको निधन भएको छ ।
हालसम्म जापानमा संक्रमित मध्ये ९० प्रतिशत अर्थात ७९,६७६ निको भएका छन् । जापानमा १६१८ जनाको निधन भएको छ । आज विहिवार ६ वजेसम्म जापानभर ५६६ जनामा कोरोना संक्रमण भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया