काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैंको अवसरमा सार्वजनिक स्थलमा पिङ नहाल्न आग्रह गरेको छ ।
सार्वजनिक स्थलमा पिङ हाल्दा भिडभाड बढ्न गई कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै सार्वजनिक स्थलमा पिङ नहाल्न मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणबाट बच्नका लागि आफू बसेकै स्थानबाट दशैं मनाउन पनि आग्रह गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया