अनशन अन्त्य गर्न डा. केसीलाई सरकारको तेस्रो आग्रह

काठमाडौँ । सरकारी वार्ता टोलीले अनसनरत डा.गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ । सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विज्ञप्तिमार्फत केसीलाई अनसन तोड्न आग्रह गरेका हुन् ।
बिहीबार र शुक्रबार भएका वार्ता विना निष्कर्ष टुंगिएपछि शनिबार मैनालीले मुलुक कोरोनाले आक्रन्त रहेको भन्दै अनसन तोड्न आग्रह गरेका हुन् ।यसअघि सरकारका प्रवक्ता प्रदीप ज्ञवाली र शिक्षा मैनालीले पनि अनशन अन्त्य गर्न आग्रह गरेका थिए ।
केहीबेर अघि शिक्षामन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया