सुरक्षालाइ मध्यनजर गर्दै पर्वत समाज जापानको अधिवेशन स्थगित

टोकियो । कोरोना संक्रमणका कारण सुरक्षालाइ मध्यनजर गर्दै अक्टोबर ११ तारिख भोली आईतबार हुने भनिएको पर्वत समाज जापानको अधिवेशन तत्काललाई स्थगित गरिएको छ ।
नेपाली समुदायका केहि अग्रज व्यक्तिहरुमा देखिएको कोरोना संक्रमणका कारण सुरक्षालाइ मध्यनजर गर्दै ११ तारिखका लागि तय गरिएको पर्वत समाज जापानको अधिबेशन अर्को सूचना जारी नहुन्जेलसम्मको लागि स्थगन गरिएको समाजका अध्यक्ष सुजन जोशीले जानकारी गराउनु भएको हो ।

साथै आकस्मिक रुपमा गरिएको स्थगितको कारण पर्न गएको असुबिधा प्रति पर्वत समाज जापानले सम्बन्धी सरोकारवालाहरु समक्ष क्षमायाचना पनि गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया