काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन आईतवार २९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अस्पतालहरुबाट प्राप्त विवरणअनुसार काठमाडौंका ५, सुनसरी र रुपन्देहीका ४/४, चितवनका ३, भक्तपुर र बाँकेका २/२ जना तथा ललितपुर, काभ्रे सिन्धुपाल्चोक, नुवाकोट, सप्तरी,सुर्खेत, कैलाली र धनकुटाका एक-एक जनाको मृत्यु भएको हो ।
यस्तै चितवनको भरतपुरमा ठेगाना नखुलेको एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-६, काठमाडौंकी ६६ वर्षीया महिलाको शुक्रबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । मिर्गौला र फोक्सोसम्बन्धी रोगबाट पीडित उनी त्यही दिन अस्पताल भर्ना भएकी थिइन् ।
चाबहिल, काठमाडौंका ७० वर्षीय पुरुषको शनिबार त्रिवि शिक्षण अस्पतालमा शुक्रबार मृत्यु भएको छ । मुटुसम्बन्धी रोग भएका उनलाई १८ असोजमा संक्रमण पुष्टि भएको थियो भने २२ गते अस्पताल भर्ना भएका थिए ।
नयाँ बजार, काठमाडौंका ७५ वर्षीय पुरुषको आइतबार सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको छ । २३ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो भने श्वासप्रश्वासमा समस्या भएर २४ गते अस्पताल भर्ना भएका थिए ।
भीमसेनथान, काठमाडौंका ८३ वर्षीय पुरुषको शनिबार पाटन अस्पतालमा मृत्यु भएको छ । ७ आसोजमा अस्पताल भर्ना भएका उनलाई ११ गते संक्रमण पुष्टि भएको थियो ।
असन, काठमाडौंका ६० वर्षीय पुरुषको शनिबार पाटन अस्पतालमा मृत्यु भएको छ । उनी श्वासप्रश्वासमा समस्या भएर ८ असोजमा अस्पताल भर्ना भएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया