काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्थानीय तहले सबै योजनामा विशेष ध्यान पु-याए कार्यान्वयनमा कुनै जटिलता नहुने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकास्थित नेकपा नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई आज सम्बोधन गर्दै सबै स्थानीय तहले ध्यान दिए बजेट र योजना कार्यान्वयनमा सहज हुने बताउनुभएको हो ।उहाँले विकासनिर्माणका लागि सरकारसँग बजेट र योजनाको अभाव नभएकोसमेत दावी गर्नुभयो ।
प्रतिनिधिसभा सदस्य बाँस्कोटाले विकास साझा विषय भएकाले कुनै पार्टी विशेषको नहुने बताउनुभयो । उहाँले भन्नुभयो “विकास कुनै पक्ष र विपक्षको हुँदैन, तर केमा कसले कति ध्यान पु¥याउने भन्ने मात्रै हो, जसले विकासको नेतृत्व गर्छ उसलाई जनताले मन पराउनु स्वाभाविक नै हो ।” उहाँले हाल कुनै पनि योजना बजेट अभावमा नरोकिएको तर कार्यान्वयनमा जटिलता पैदा भएको दोहो¥याउनुभयो ।
नेता बाँस्कोटाले नेकपा ठूलो पार्टी भएकाले प्रतिस्पर्धासहितको सहकार्यको अनिवार्य आवश्यकता औँल्याउनुभयो । “तर एकले अर्कालाई निषेध गर्छु भनेर जाने हो निषेधको राजनीतिले पार्टी बन्दैन, विचारलाई व्यक्ति एक्लैले रोक्न–छेक्न सक्दैन” उहाँले भन्नुभयो । सो अवसरमा नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नेलाई बाँक्कोटाले सदस्यता प्रदान गर्नुभएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया