काठमाडौं । सरकारले आगामी कार्तिक ७ सम्म विदेशी च्यानल क्लिन फिड हुनैपर्ने बताएको छ ।
संचार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना जारी गरी ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ भनेको छ ।
सूचनामा भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरिएको विषयमा ध्यानाकर्षण भएको जनाइएको छ ।
ऐनको मर्म र भावना अनुरुप नै क्लिफिडसहितको च्यानल प्रसारण गर्न आग्रह गर्दै संचार मन्त्रालयले त्यसो नभएमा कानूनअ बमोजिम हुने जनाएको छ।


फेसबुकबाट तपाइको प्रतिक्रिया