काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एउटा घरमा ग्यास सिलिन्डर पड्किँदा ११ जना घाइते भएका छन् ।
आगलागीमा परी घाइते भएका ११ जना मध्य केहीको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ । स्थानीय नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्यास सिलिण्डर विस्फोट भएको हो । विस्फोटपछि घरमा आगलागीसमेत भएका र अहिले प्रहरी र दमकलले आगो निभाइसकेका प्रहरी निरीक्षक रामकुमार घिमिरेले जानकारी दिए । ग्यास सिलिण्डर विस्फोटबाट वरपरका अन्य घरका पनि सिसा फुटेका र भित्ता चर्किएका पनि उनले जानकारी दिए ।
गम्भीर घाइते चार जनाको मनमोहन अस्पताल र पिपल्स अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । विस्फोटले झ्यालका सीसा फुट्नुका साथै भित्ता नै भत्किएकाले धेरैलाई चोट लागेको बताइएको छ ।
क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया