काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौतीपूर्ण जिम्मेवारी दिएको बताउँदै आफू मन्त्रालयमा रहँदा इमान्दारितापूर्वक काम गर्ने बताएका छन्।
बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले कुनैपनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने बताए । यस्तै मन्त्री गुरुङले आफुलाई सञ्चार क्षेत्र बुझेको छैन भनेर गलत सुझाव दिनेमाथि कारबाही गरिने पनि बताए ।
उनले सय दिनभित्र मन्त्रालयका समस्याहहरु अध्ययन गरेर योजनाहरु सार्वजनिक गर्ने जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रीमण्डल पुनरगठन गरेपछि महिला तथा समाजिक मन्त्री रहनुभएका मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिमेवारी पाएका हुन् ।


फेसबुकबाट तपाइको प्रतिक्रिया