३,७४९ कोरोना संक्रमित थपिए,३,५६४ संक्रमणमुक्त, थप १९ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७४९ जनामा संक्रमण पुष्टि भएको बताए । काठमाडौंमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०९ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै सङ्क्रमितको सङ्ख्या एक लाख २१ हजार सात सय ४५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट १६,५९८ जनाको नमुना परीक्षण गरिएको छ । आइसोलेसनमा ३६,५३३ जना सक्रिय संक्रमित रहेका छन् ।

बिहीबार थप ३५६४ जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ८४,५१८ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा ३१४ र भेन्टिलेटरमा ६८ जनाको उपचार भइरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया