नेपालमा ३,१६७ जनामा कोरोना संक्रमण, १ हजार ८ सय डिस्चार्ज,थप १२ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको बताए।काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख २९ हजार तीन सय चार पुगेको छ ।

शनिबार थप १८ सय जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ८९,८४० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या सात सय २७ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।

पीसीआर विधिबाट १५,४३८ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४७१५ जना रहेका छन् भने आइसोलेसनमा ३८,७३७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । आइसियूमा २९० र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया