“छेउमा आयो भमरा”नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक

काठमाडौँ । जापानवाट स्वदेश फर्केका युवा कृष्ण खरेलले नयाँ गीत “छेउमा आयो भमरा” सार्वजनिक गरेका छन् । निहारीका फिल्मस प्रा लिले उत्पादन गरेको उक्त म्यूजिक भिडियोमा सुमन पौडेल ,सुमि घर्ती मगर र कृष्ण खरेलको दमदार अभिनयरहेको छ । लेखु सहयात्रीले लेखेको शब्दलाई पुरुषेत्तम सुवेदीले संगीत भरेका छन् । गीतमा गोकुल खरेल र विन्दु परियारको स्वर समावेश छ ।
किशोर थापाको मिक्सिङ रहेको गीतलाई ए वान म्युजिसियले बजार व्यवास्थापन गरेका छ । यागेश शाक्यले खिचेको गीतलाई दीपक श्रेष्ठले निर्देशन गरेका हुन् ।  गीतमा दीपककै कोरियोग्राफि रहेको शाहिल खानले सम्पादन गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया