जापान । नेपालबाट जापान आएक पछिल्लो समय ६ जना नयाँ संक्रमित भेटिएका छन् । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विवरण अनुसार अहिलेसम्म नेपालवाट जापान आएक २इ जनामा कोरोना संक्रममण भेटिएको उल्लेख छ । नेपालबाट अक्टोबर १६ तारिख आएको उडानमा २ जना र १७ तारिख ४ जनामा नारिता एयरपोर्टमा गरिएको परीक्षणमा कोभिड १९ पोजेटिभ भेटिएको हो ।
नारिता र कान्साई अन्तरराष्ट्रिय बिमानस्थल हुँदै जापान प्रबेश गर्न लागेका नेपालीहरुमा कोरोना संक्रमण टेटिएकेको छ । नेपालबाट जापान आउने नेपालीमा लक्षण बिनाको कोरोना संक्रमण धेरै पाइएको छ । हालसम्म नेपालबाट आएर बिमानस्थलमा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमित संख्या २० पुगेको छ । २० जनामा केवल एक जनामा मात्र हालसम्म ज्वरोको लक्षण पाइएको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमण महामारिको रुपमा फैलदै जादा धेरै नयाँ कोरोना संक्रमित थपिदै आएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया