नेपालमा २,९४२ मा कोरोना पुष्टि,२,३२६ जना संक्रमणमुक्त, १२ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मलेलनमा प्रवक्ता जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप २ हजार ९ सय ४२ जनामा संक्रमण पुष्टि भएको बताए । काठमाडौंमा १ हजार ४ सय ६९, भक्तपुरमा ९९ र ललितपुरमा १ सय ३० जनामा संक्रमण पुष्टि भएको छ । यो संगैसङ्क्रमितको सङ्ख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको छ ।

आइतबार थप २ हजार ३ सय २६ जना संक्रमणमुक्त भएसँग हालसम्म ९२ हजार १ सय ६६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाका कारण मृतयु हुनेको सङ्ख्या सात सय ३९ पुगेको प्रवक्ता डाक्टर गौतमले जानकारी दिए ।

पीसीआर विधिबाट १४ हजार ८ सय ७५ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४ हजार ८ सय ३१ जना रहेका छन् भने आइसोलेसनमा ३९ हजार ३ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् । आइसियूमा ३ सय १ र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया