दसैँ भत्ता फिर्ता गर्न कांग्रेस सांसदहरुलाई सभापति देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दसैँ भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिएका हुन् ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले  भने, ‘यो वर्षको दसैँ भत्ता सरकारलाई फिर्ता गर्ने भनेर हामी संसद सदस्यहरुलाई नेपाली कांग्रेस पार्टीको निर्देशन छ । हामी त्यहीअनुसार गर्छौं । नेता खाँणले अगाडि भने, ‘फिर्ता गरिएको रकम कोभिड नियन्त्रण र जनताको उपचारमा सरकारले खर्च गरोस् भन्ने नेपाली कांग्रेसको आग्रह छ ।

यसअघि कांग्रेसका नेता तथा सांसदहरुले दसैँ भत्ता नलिने निर्णय पार्टीबाट गराउन सभापति शेरबहादुर देउवालाई दबाब दिएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया