नेपालमा ३,७९० कोरोना संक्रमित थपिए,थप १८ को मृत्यु, २,३३५ संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३ हजार ७ सय ९० जनामा संक्रमण पुष्टि भएको बताए। काठमाडौंमा २ हजार ८, भक्तपुरमा ९९ र ललितपुरमा २ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै सङ्क्रमितको सङ्ख्या एक लाख ३६ हजार ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १५ हजार सात सय १४ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ४ हजार ४ सय ७० जना रहेका छन् भने आइसोलेसनमा ४० हजार ७ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच सय ५७ पुगेको प्रवक्ता गौतमले जानकारी दिए । सोमबार थप २ हजार ३ सय ३५ जना निको भई डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ९४ हजार ५ सय १ पुगेको मन्त्रालयले जनाएको छ । आइसियू २ सय ८२ र भेन्टिलेटरमा ६३ जनाको उपचार भइरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया