उपत्यकामा १०७२ सहित ३०९३ मा कोरोना पुष्टि,२१०८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३ हजार ९३ जनामा संक्रमण पुष्टि भएको बताए । काठमाडौंमा १ हजार ४ सय ३१, भक्तपुरमा १ सय ४८ र ललितपुरमा १ सय २३ जनामा संक्रमण पुष्टि भएको छ ।यो संगैसङ्क्रमितको सङ्ख्या एक लाख ३९ हजार एक सय २९ पुगेको छ ।

पीसीआर विधिबाट १३ हजार ८ सय ६१ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४२२० जना रहेका छन् भने आइसोलेसनमा ४१,७७५ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा आठ जनाको मृत्युभएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात सय ६५ पुगेको प्रवक्ता गौतमले जानकारी दिए।

मंगलबार थप २,१०८ जना निको भई डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ९६,६०९ पुगेको छ । आइसियू २७३ र भेन्टिलेटरमा ७८ जनाको उपचार भइरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया