काठमाडौं । डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी नेपालको संघीय परिषदका अध्यक्ष बनेका छन् । मंगलबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषदको अध्यक्ष बनाउने निर्णय गरेको हो ।
बैठकले केन्द्रीय समिति संघीय परिषद्प्रति उत्तरदायी हुनेछ भन्ने विधान पनि पारित गरेको छ । त्यस्तै कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई रिहाई अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको जसपाका एक नेताले जानकारी दिए ।
सोमबार सुरु भएको उक्त बैठकले करिब ११ सय सदस्यीय संघीय परिषद र ८०१ सदस्यीय केन्द्रीय समिति पनि गठन गरेको छ ।
केन्द्रीय निकायहरू :
- केन्द्रीय सल्लाहकार समिति प्रमुख : भीमप्रसाद गौतम
- केन्द्रीय विज्ञ परिषद् प्रमुख : डा. पुष्पराज राजकर्णिकार
- केन्द्रीय अनुशासन आयोग प्रमुख : लक्ष्मणलाल कर्ण
- केन्द्रीय निर्वाचन आयोग प्रमुख : अनिलकुमार झा
- केन्द्रीय लेखापरिक्षण प्रमुख : अमरेश नारायण झा
- केन्द्रीय विभागहरू:
१. नीति, योजना तथा कार्य व्यवस्था विभाग प्रमुख : शरतसिंह भण्डारी - २. अनुशासन, अभिलेख तथा अन्तरप्रदेश समन्वय विभाग प्रमुख : रामसहायप्रसाद यादव
- ३. पार्टी स्कुल तथा प्रशिक्षण विभाग प्रमुख : हेमराज राई
- ४. अन्तर्राष्ट्रिय (राजनीतिक तथा कुटनीतिक) विभाग प्रमुख : रकम चेम्जोङ
- ५. सूचना, संचार प्रकाशन तथा प्रचार विभाग प्रमुख : डम्बरु बल्लभ खतिवडा
- ६. आर्थिक विभाग प्रमुख : उमाकान्त झा
- ७. संसदीय व्यवस्था विभाग प्रमुख : अमृता अग्रहरि
- ८. संघीय मिला विभाग प्रमुख : वृषेशचन्द्र लाल
- ९. शहीद तथा बेपत्ता परिवार, घाइते एवम् द्वन्द्व प्रभावित व्यवस्थापन विभाग प्रमुख : चन्दा चौधरी
- १०. सुरक्षा विभाग प्रमुख : सुनील रोहित
- ११. उत्पादन तथा स्वरोजगार विभाग प्रमुख : रमेश यादव
- १२. कृषि तथा भूमि व्यवस्था विभाग प्रमुख : मृगेन्द्रसिंह यादव
- १३. वन तथा वातावरण विभाग प्रमुख : गोविन्द चौधरी
- १४. सहकारी तथा गरिबी निवारण विभाग प्रमुख : निर्चला राउत
- १५. मानव अधिकार तथा सामाजिक सेवा विभाग प्रमुख : सुशीला श्रेष्ठ
- १६. भ्रष्टाचार नियन्त्रण तथा सुशासन विभाग प्रमुख : मनिषकुमार सुमन
- १७. आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग प्रमुख : अकवाल अहमद शाह
- १८. शहरी विकास तथा खानेपानी विभाग प्रमुख : इस्तियाक राई
- १९. प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थपन प्रमुख : अकवाल अहमद शाह
- २०. शिक्षा, विज्ञान तथा प्रविधि विभाग प्रमुख : रेणुकुमारी यादव
- २१. स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख : युवराज कार्की
- २२. पर्यटन तथा नागरिक उड्डयन विभाग प्रमुख : प्रकाश अधिकारी
- २३. राज्य व्यवस्था विभाग प्रमुख : राजकिशोर यादव
- २४. स्थानीय तह परिचालन विभाग प्रमुख : महेन्द्र राय यादव
- २५. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था प्रमुख : सवेन्द्रनाथ शुक्ल
- २६. श्रम तथा रोजगार विभाग प्रमुख : राजकुमार लेखी
- २७. संवैधानिक व्यवस्था तथा कानून विभाग प्रमुख : नवराज सुवेदी
- २८. समावेशी विभाग प्रमुख : हिसिला यमी
- २९. आर्थिक नीति तथा योजना विभाग प्रमुख : प्रशान्त सिंह
- ३०. जल तथा प्राकृतिक स्रोत व्यवस्थापन विभाग प्रमुख : रणध्वज कन्दङ्वा

फेसबुकबाट तपाइको प्रतिक्रिया