ललितपुर महानगरद्वारा सदर चिडियाखानालाई १० लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

महानगर प्रमुख चिरिबाबु महर्जनले बिहिबार एक कार्यक्रमबीच चिडियाखाना प्रमुख चिरञ्जिवी पोखरेललाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गनरेका हुन् । कोरोना महामारीका कारण लामो समयदेखि चिडियाखाना बन्द अवस्थामा रहेकाले आम्दानीको मुख्य श्रोत टिकट काउन्टर बन्द भइ आर्थिक समस्या परेको थाहा पाएपछि महानगरले रकम सहयोग गरेको मेयर महर्जनले बताए ।

धेरै कर्मचारी तलब बिना काम गरिरहेको र कोरोना महामारीको कारण १ हजार बन्यजन्तु पाल्न चिडियाघरलाई गाह्रो भइरहेको थाहा पाएपछि समस्या परेको बेला सहयोग गरेको समेत उनले स्पष्ट पारे ।

चिडियाखानामा १ सय १० प्रजातिका १ हजार ६८ बन्यजन्तु रहेका छन् । विगत २० वर्ष देखि चिडियाखना आफ्नै आम्दानीबाट सञ्चालन हुँदै आएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया