काठमाडौं । लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले सोमबार दसैँको टीकाको दिन खुला मञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ ।
कोरोना महामारी र लकडाउनका कारण रोजगारी गुमाएपछि खुलामञ्चमा बाँडिने खाना नियमित खाँदै आइरहेकाहरुलाई सोमबार हाम्रो टीम नेपालले टीका लगाएर दक्षिणा दिएको छ भने मासुभात खुवाएको छ । खुलामञ्चमा दसैँको मुख्य दिन सोमबार पनि ३०० जना जति खाना खानेहरु थिए,उनीहरुलाई हाम्रो टीम नेपालका स्वयंसेवकहरुले टीका लगाएर खाममा दक्षिणा दिए ।
हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले ७ महिनादेखि निरन्तर खुलामञ्चमा खाना खाइरहेकाहरुसँग दसैँ मनाउँदा सन्तुष्टि मिलेको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया