टोकियो । जापानलाई कर्मथलो बनाएका कलाकारहरुले परदेशी भूमीमा पहिलो पटक देउसी भैलो गित ‘परदेशी देउसी भैलो’ लिएर आएका छन् ।
एआर कृयसन जापानको प्रस्तुतीमा जापानबाट गीतसंगितमा निरन्तर साधनारत आधा दर्जन बढी गायक गायिकाहरुको संयुक्त आवाजमा ‘परदेशी देउसी भैलो’ नामक तिहार विशेष गीत आईतबार सार्वजनिक गरिएको हो । देउसी भैलोमा, अर्जुन सुबेदीको शब्दमा, लोकप्रिय गायक सूर्य खड्को लय तथा स्वरसंगै अन्य कलाकारहरु – अमित सापकोटा,सोना केसी,खेमराज पौडेल,समुन्द्रराज पौडेल,शिबा केसी, र चेतन घर्तीको आवज सुन्न सकिन्छ । देउसी भैलोको भिडियो निर्देशन अमित सापकोटाले गरेका छन् भने,गोबिन्द बिस्टले छायांकन तथा सम्पादन गरेका हुन । परदेशबाट सार्वजनिक भएको देउसी भैलोको सम्पूर्ण काम जापानमा नै सम्पादन गरिएको हो ।
एआर कृयसनको यूटुव च्यानलबाट सार्वजनिक भएको’परदेशी देउसी भैलो’ यतिवेला देश-विदेशमा चर्चा बटुलेको छ ।
हेर्नुहोस् यस्तो छ पूरा भिडियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया