कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते बस्‍ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पर्टीका मुख्य सचिव कृष्ण पौडेलले बिहिबार विज्ञप्ति जारी गरी कात्तिक २१ गते शुक्रबार एक बजेका लागि कार्यसमितिको बैठक बोलाइएको जानकारी दिएका छन् । पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीका लागि बैठक केन्द्रित हुने बताइएको छ ।

यसअघि केही केन्द्रीय सदस्यहरूमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गएको असोज १९ गते बोलाइएको बैठक स्थगित भएको थियो । दोस्रो पटक असोज २५ गतेका लागि बैठक बोलाइएको भएपनि पार्टीका पूर्व कोषाध्याक्ष रामबाबु प्रसाईंको निधन भएपछि स्थगित भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया