काभ्रे पोस्टका सम्पादक चौलागाईंको निधन

काभ्रे । काभ्रे पोस्टका प्रकाशक तथा प्रधान सम्पादक विष्णु चौलागाईंको निधन भएको छ ।

५१ वर्षीय चौलागाईंको शुक्राबार बिहान ओम अस्पताल चाबहिलमा उपचारकै क्रममा निधन भएको हो। उनी गत असोज २६ गते कोरोनाबाट संक्रमित भएका थिए। कोरोना संक्रमणपछि चौलागाईंको फोक्सोमा समस्या देखिएको थियो ।

त्यसपछि उनी होम आइसोलेसन बसेका थिए। ज्वरो बढेपछि कात्तिक १ गते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। ब्रोनक्राइटिस पीडित उनमा कोरोना संक्रमण पनि देखिएपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो।

पुन पीसीआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएदेखिए पनि फोक्सोमा रहेको समस्याका कारण उनी अस्पतालमै उपचाररत थिए । जिल्लामा करिब ४ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल अग्रज पत्रकारको मृत्युले काभ्रेली पत्रकारितामा एक अपूरणीय क्षति पुगेको छ ।

काभ्रे चौंरी देउरालीमा जन्मिएका चौलागाईंका एक छोरा र एक छोरी छन् । यसैबिच, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले चौलागाईंको निधनको खबरले स्तब्ध भएको उल्लेख गरेका छन्।

 

 

फेसबुकबाट तपाइको प्रतिक्रिया