काठमाडौं। नेपाल तरुण दल केन्द्रिय समितिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
नेपाल तरुण दलले आफनो ६८औँ स्थापना दिवसका अवसर पारेर आज एक कार्यक्रम गरी विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको हो । तरुण दलले शिक्षण अस्पतालमा गई चार हजार थान मास्क, ३० थान पिपिई र ५२ थान फेस शिल्डलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
जनताको स्वास्थ्य रक्षाका लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गर्दै उक्त सहयोग हस्तान्तरण गरिएको अध्यक्ष जितजङ्ग बस्नेतले जानकारी दिए । तरुण दलले स्वास्थ्य सामग्री उपलब्ध गराई सहयोग पु-याउनुहुने नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउण्डेशनका अध्यक्ष मेन्ज खानलाई धन्यवाद व्यक्त गरेको छ ।


फेसबुकबाट तपाइको प्रतिक्रिया