कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्धारा मन्त्रिमण्डल हेरफेरको तयारी,३ मन्त्री थप्ने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल हेरफेरको तयारी गरेका छन् । केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहका ३ जनालाई मन्त्री बनाउने तयारी छ । ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाइने छ । बैंकिङ कसुरमा परेका खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ । खत्री पनि ओली पक्षबाटै मन्त्री बनेका थिए ।

स्रोतका अनुसार नयाँ बन्ने मन्त्रीहरुमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापा छन् । मुख्यमन्त्री शाहीले हटाए हट्ने, तर रावल र बुढाले पदबाट राजीनामा भने नदिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै सल्लाहमा राजीनामा नदिने, बरु हटाए हट्ने तयारी भएको स्रोतले जनायो ।
मुख्यमन्त्री शाहीले ओली पक्षका मन्त्रीहरु हटाउने तयारी गरेकोबारे हिजो साँझ नै बालुवाटारले सूचना पाएको थियो । यसपछि प्रधानमन्त्री ओली निकटका नेताहरु छलफलमा समेत बसेका थिए । मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव तयार पार्ने पक्षमा उभिएकाले रावल र बुढालाई हटाएर बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जनालाई मन्त्री बनाउने तयारी भएको छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने सबैलाई धन्यावाद दिएक छन् ।
ओली पक्षले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले यसअघि प्रमुख सचेतक गुलाबजंग शाहलाई पनि हटाएका थिए । यो प्रकरणमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्ष एक ठाउँमा आएपछि कर्णाली प्रदेशमा ओली पक्ष अल्पमतमा परेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया