जापान । जापानको यामानाशी प्रान्तमा एक नेपाली युवाको मेसिनमा टाउको च्यापिएर निधन भएको छ ।
सोमबार दिउँसो नेपालको कास्की जिल्ला साविकको भदौरेतामागी गाबिस वडा नम्बर ५ हाल पोखरा २३, ठूलाखेत स्थायी घर भई विगत केहि वर्षअघिदेखि यामानाशी प्रान्तको फुएफुकी नजिकै ईसुवाई नामक आल्मुनियम कम्पनीमा कार्यरत २७ वर्षिय सन्तोष दाहालको सोमबार विहान ११ बजेतिर कार्यस्थलमा दुर्घटनामा परि निधन भएको हो । दाहालको श्रीमती तथा करिब १ वर्षकी एक छोरी छन् ।
जापानी संचार माध्यम एनएचकेको अनुसार प्रेस मेसिनमा काम गर्ने ठाउँमा दाहाललाई दुई मिटर अक्लो मेसिन ढलेर च्यापेको अर्का कर्मचारीले भेट्टाएर फुएबुकी शहरको एक अस्पतालमा पुर्याउँदा मृत्यु भएको समाचारमा उल्लेख छ ।
प्रहरीले उक्त दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया