ओली र प्रचण्डबीच भेट,सचिवालय बैठक बसेर छलफल गर्न प्रचण्डको जोड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
बिहीबार ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । स्रोतका अनुसार भेटमा प्रचण्डले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिबारे चासो राखेका थिए । प्रधानमन्त्री ओलीले बुधबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका थिए । प्रचण्डले प्रधानमन्त्री ओलीलाई कसले राजीनामा मागेको हो भनेका सोधेका थिए ।
प्रचण्डले पार्टीको बैठक बोलाउनुपर्ने बताएका छन् ।

सचिवालय बैठक बसेर छलफल गर्नुपर्ने प्रचण्डको जोड थियो । जवाफमा प्रधानमन्त्री ओलीले तपाईंहरुले पनि यस्ता छलफल गर्नु भएकै छ भनेका थिए । लामो समयअघिवाट हुन नसकेको नेकपा सचिवालय बैठक अझै टुंगो लागेको छैन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया