२४ घण्टामा ४,५०० जना डिस्चार्ज,२९०९ मा सङ्क्रमण,थप १८ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप २ हजार ९ सय ९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ ।

हाल देशभर ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् भने एक हजार दुई सय ५४ जना क्वारेण्टीनमा रहेका छन् । त्यसैगरी कोरोना संक्रमणबाट शुक्रबार थप ४ हजार ५ सय जना निको भई डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया