ग्लोबल गोरखा समाजको दुई सचिवमा विराट र सकुन्तला मनोनित

जापान । विश्वभर छरिएर रहेका गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाज, अन्तराष्ट्रीय समन्वय परिषदको दोस्रो महाधिवेशन सकिएको ३ हप्ता भित्र पदाधिकारी पदले पुर्णता पाएको छ । युवा व्यवसायी विनय अधिकारीको नेतृत्वमा यहि अक्टोबर १७ तारिखका दिन जुम प्रविधिको माध्यमबाट नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएकोे हो ।
ग्लोबल गोरखा समाजको कार्यसमितिको बैठकबाट सचिव पदमा दुई नयाँ अनुहार प्रवासमा रहेर पनि सामाजिक क्षेत्रमा, दिन दुखिहरुको सेवामा काम गरि रहेका व्यक्तीहरु सचिव पदमा मनोनित भएका छन् ।
मनोनित हुनेहरुमा जापानबाट गोरखा समाज जापानका सचिव,गोरखा समाज जापानमा रहेर आफुलाई समाज सेवामा अब्बल राख्न सफल, सामाजिक व्यक्तीत्व, सिन्गो देश र गोरखाको पक्षमा विभिन्न माध्यमबाट आवाज बुलन्द गर्ने, दिन दुखिहरुको सेवामा आफु लाई समर्पित गराई रहनु भएका गण्डकी गाँउपालिका निवासी विराट बाबु खनाल, गोरखा समाज युकेबाट एनआरएनए यूकेको सह९कोषाध्यक्ष, कोमल मनकी धनी, दिन दुखिहरुको सेवामा आफु लाई समर्पित गराई रहेकी सकुन्तला गुरुङ (सिरानचोक गाँउपालिका) सचिव पदमा मनोनित भएका छन् साथ‌ै उनलाई महिला विभागको जिम्मेवारी पनि दिईएको छ । साथै कार्य समितीले आज नै सचिव पदमा मनोनित हुनु भएका विराट बाबु खनाललाई “आचरण तथा अनुशासन” विभागको संयोजक पदमा पनि ज़िम्मेवारी दिएको छ ।

सचिव पदमा मनोनित हुनु भएकाहरु लाई ग्लोबल गोरखा समाजको तर्फबाट अध्यक्ष विनय अधिकारी, ऊपाध्यक्ष गोकर्ण ढकाल र कोषाध्यक्ष आकाश बन्जराले हार्दिक बधाईका साथै सफल कार्यकालको शुभकामना पनि सामाजिक संजालमा जोडिएर दिनु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया