नेपालमा थप २८१७ जनामा कोरोना संक्रमण,२१ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २८१७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज २ हजार ८ सय १२ जना कोरोना मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार थपिएका २ हजार ८ सय १८ जनासहित देशभर संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । संक्रमितमध्ये १ लाख ५७ हजार ९ सय २६ जना कोरोना मुक्त भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा २१ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ८ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया