नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार ५७१ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा १ हजार ४ सय २८ जना संक्रमित भएका छन् । काठमाडौंमा १ हजार १३६, भक्तपुरमा ९१ र ललितपुरमा २ सय १ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।
छिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको छ । त्यसैगरी निको भई सोमबार थप १ हजार ७९८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १ लाख हजार पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, आइसोलेसनामा ३६ हजार १७४ सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टाइनमा ९ सय २६ जना रहेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया