नेपालमा २७३६ कोरोना संक्रमित थपिए,८५३ जना डिस्चार्ज,२२ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।

त्यसैगरी मंगलबार निको भई थप ८ सय ५३ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ४८ पुगेको छ ।

क्वारेन्टाइनमा १०५८ जना रहेका छन् भने आइसोलेसनमा ३८०३५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया