कोरोनाका कारण पाँचपोखरी सुपर डुक क्रिकेट प्रतियोगिता स्थगित

सुशील सुवेदी, सिन्धुपाल्चोक । पाँचपोखरी क्रिकेट क्लबले यस वर्षको चौथो जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर डुक क्रिकेट प्रतियोगिता २०७७ स्थगित गरेको छ ।

यस क्लबले विगतका वर्षहरुदेखी नियमित रुपमा आयोजना गर्दै आएको जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर डुक क्रिकेट प्रतियोगिताको चौथोे जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर डुक क्रिकेट प्रतियोगिता २०७७ स्थगित गरिएको हो ।

क्लबले एक विज्ञप्ति निकालेर कोरोना महामारीका कारण यस्ता सामुहिक रुपमा हुने प्रतियोगिता आयोजना नगर्न नगराउन नेपाल सरकारले सुचना समेत जारी गरेको हुनाले स्थगित गरिएको पाँचपोखरी क्रिकेट क्लबका अध्यक्ष उत्सव धितालले जानकारी दिए । यस प्रतियोगिता सम्पन्न गर्न प्रतिबद्ध पाँचपोखरी थाङपालगाँउपालिका,विभिन्न संघसंस्था एवम् ईस्पोन्सर महानुभावहरुलाई क्लबले हार्दिक धन्यवाद व्यक्त गरेको छ भने साथ र सहयोगको अपेक्षा समेत गरेको छ ।

क्लबले यस प्रतियोगिता कोरोना माहामारीको प्रभाव कम भई कार्यक्रम आयोजना गर्न नेपाल सरकारबाट अनुमात प्राप्त भएपछि पुनस्चालन गरिने पाँचपोखरी क्रिकेट क्लबका सचिव अजय धितालले बताए । साथै पुर्ण स्वास्थ्य सचेतना अपनाई कोरोना महामारीबाट आफु बच्न र अरुलाई बचाउन आह्वान गरिएको सुचनामा उल्लेख छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया