नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो,२५६९ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप २ हजार ५ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार २ सय ६१ कोरोना पुष्टि भएको छ । काठमाडौँमा ९ सय ७६ भक्तपुरमा ८१ र ललितपुरमा २ सय ४ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ ।

त्यसैगरी बुधबार निको भई थप १ हजार ६ सय ६६ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ हजार १ सय ७४ पुगेको छ ।

त्यसैगरी क्वारेन्टाइनमा १ हजार १ सय ९ जना रहेका छन् भने आइसोलेसनमा ३८ हजार ९ सय १२ जना सक्रिय संक्रमित रहेका छन् । आइसियूमा ३८२ जना र भेन्टिलेटरमा ९५ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया