मंसिर दुई गते सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले मंसिर दुई गते किजा पूजाका दिन सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

उक्त दिन देशभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थाहरु समेतमा सार्वजनिक विदा दिने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया