काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ९ सय १३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।
त्यस्तै बिहीबार निको भई थप २ हजार ३४९ जना डिस्चार्ज भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको मन्त्रालयले जनएको छ । क्वारेन्टाइनमा ९७४ जना रहेका छन् भने आइसोलेसनमा ३८ हजार ४६१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया