सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)सिन्धुपाल्चोकले पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ । चौतारा सांगाचोकगढि नगरपालिका सांगाचोक निवासी रोशनराज गिरीको नेतृत्वमा मित्रलाल श्रेष्ठका साथै युवाहरु रामशरण गिरी,विवेकराज गिरी,प्रकाश गिरी,प्रचण्ड गिरी,पर्बत गिरी,बिमल श्रेष्ठ,भुपेन्द्र श्रेष्ठ लगायतका एक दर्जन युवाहरु आज एक कार्यक्रमकाबीच नेकपा पार्टी प्रवेश गरेका हुन् । उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज कृष्णप्रसाद सापकोटा ,पुर्बमन्त्री एवम् संघीय सांसद शेर बहादुर तामाङ,केन्द्रीय सदस्य एवम् बागमति प्रदेश सामाजिक बिकास मन्त्री युबराज दुलाल,पुर्वसांसद एवम् प्रदेश कमिटि सचिवालय सदस्य सुवास कर्माचार्य ,चौतारा सांगाचोकगढि नगरपालिकाका मेयर अमानसिं तामाङ,प्रदेश कमिटि सदस्यहरु झम्क पराजुली, सोम सापकोटालगायतका नेताहरुको उपस्थिति रहेको कार्यक्रममा सहभागि नेकपा जिल्ला कमिटि सदस्य निर्मल बन्जाराले बताउनुभयो ।
उक्त प्रवेश कार्यक्रमको अध्यक्षता पार्टी जिल्ला अध्यक्ष झम्क नेपालले गर्नु भएको थियो । केन्द्रमा पार्टीभित्र गम्भिर समस्या पैदा भएको यो समयमा यो पार्टि प्रबेश कार्यक्रमले केन्द्रको गतिविधिलाई चुनौती दिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया