नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार एक सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १११ संक्रमित भएका हुन् । काठमाडौंमा ९ सय १९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ८० जना गरी काठमाडौं उपत्यकामा १ हजार २ सय ७ जना नयाँ संक्रमित थपिएका हुन् । यो संगै संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेकोे छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ रहेको छ । हाल नेपालमा निको हुनेको दर ८१ दशमलव ५ प्रतिशत रहेको छ ।

देशभर पछिल्लो २४ घण्टामा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १२ सय २ पुगेको छ । यस्तै, नेपालमा हालसम्म पीसीआर परीक्षण गर्नेको संख्या १५ लाख ९३ हजार ८ सय ५० रहेको छ । अहिले ३७ हजार २२ जना आइसोलेसनमा छन् भने ९ सय ८६ जना क्वारेन्टाइनमा बसेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया