नेकपा सचिवालय बैठक : अध्यक्ष प्रचण्डद्धारा राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पछिल्ले समय उत्पन्न पार्टीभित्रको आन्तरिक विबाद मिलाउनको लागि सचिवालय बैठक बसेको छ ।  बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको संकटबारे राजनीतिक प्रतिवेदन तयार पारेका छन् ।

शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा प्रचण्डको प्रस्ताव सबै सदस्यलाई दिइएको छ । बैठक बोलाउन सहमति दिन माग गर्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेश गरेको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्र समेत नेताहरुलाई दिइएको छ  अर्को बैठक मंसिर ३ गते बस्नेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया