सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले कोभिड १९ को सक्रमण दिनानुदिन बढीरहेको हुँदा मुख्य गरि यो सक्रमणलाइ रोक्नका लागी यस वर्ष देउसी भैलो नखेल्न अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालद्वारा जारी सुचनामा यस वर्षको दिपावली चाडमा देउसी भैलो नखेल्न, भिडभाड गरि चाडबाड मनाउँने परम्परालाइ स्थगित गरि आआफ्नो घरमा नै बसेर जे आआफ्नो संस्कृती अनुसार मनाउँन अनुरोध गरिएको छ ।
सुचनामा कोभिड १९ फैलिन नदिन अनीबार्य रुपमा स्वास्थ्य मापदण्ड अपनाउँन समेत अनुरोध गरिएको छ भने चाडबाडको बेलामा पटका पड्काउँने, कार्य गर्दा आगलागी भइ जनधनको समेत क्षेती हुन सक्ने हुँदा पटका पड्काउँने , जुवातास खेल्ने, समाजमा भिडभाड गर्ने काम नगर्न अनुरोध गरिएको छ । यसरी गरेको पाइएमा कानुन बमोजिम कार्बाही गरिने समेत शुक्रबार जारि सुचनामा जनाइएको छ ।


फेसबुकबाट तपाइको प्रतिक्रिया